Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

श्रीमती र छोरालाई खुकुरी प्रहार गरी घाइते

Tuesday, March 28, 2017 National Power

१५ चैत, नुवाकोट – विदुर नगरपालिका– ६ चारघरे मान्द्रेढुङ्गाका यमलाल राईले श्रीमती र छोरालाई खुकुरी प्रहार गरी घाइते बनाएका छन्। अत्याधिक मादक पदार्थ सेवनगरी आज बिहान यमलालले श्रीमती राममाया र छोरा राजुलाई अन्धाधुन्द खुकुरी प्रहार गर्दा दुबै गम्भीर घाइते बनेका छन्।

खुकुरी प्रहारबाट ४४ वर्षका राममायाको टाउको र हातमा गहिरो चोट लाग्नुका साथै बाँया आँखा फुटेको छ । आमालाई खुकुरी प्रहार गर्न थालेपछि छुट्याउन गएका २१ वर्षका छोरा राजुको पनि टाउको र घाँटीमा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।यमलाललाई छिमेकीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाए भने घाइतेको नुवाकोट सिटी अस्पताल विदुरमा उपचार भइरहेको छ।