Thursday 20th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

६ सय केजी लागूऔषधसहित चारजना पक्राउ

Tuesday, March 28, 2017 National Power

१५ चैत्र, हेटौडा – आज बिहान गाँजा तस्कर र प्रहरीबीच मकवानपुरको मनहरीमा  दोहोरो फायरिङ भएको छ । फायरिङमा भागाभगी भने भएको छैन ।

मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिका-६ नयाँबस्तीमा प्रहरी र गाँजा तस्करबीच बिहान २ बजे दोहोरो फायरिङ भएको हो । प्रहरीले १९ रावण्ड हवाई फायर गरेको थियो । गाँजा तस्करहरुले ५, ६ रावण्ड फायर गरेको प्रहरीले जनाएको छ । तस्करहरुले काकडा र सरिखेत हुँदै मनहरीको नयाँ बस्तीको नाकाबाट भारततर्फ गाँजा बोकेर लाँदैछन् भन्ने जानकारी पाएपछि प्रहरी राजमार्ग छेउको नयाँबस्तीमा  बसेको थियो । प्रहरीलाई देख्ने बित्तिक्कै अगाडि रहेका तस्कररुहरुले प्रहरीलाई लक्षित गरेर फायरिङ गर्दै जंगलभित्र पसेका थिए ।

गाँजा तस्करहरुले गाँजा बोकेर पर्सा वन्यजन्तु आरक्ष हुँदै भारततर्फ लगिरहेको अवस्थामा प्रहरी देख्ने बित्तिकै प्रहरीतर्फ फायरिङ गरेर तस्करहरु भागेका थिए । प्रहरीले जवाफी फायरिङ गरेपछि भरियाहरुले गाँजा र चरेसको बोरा छाडेर भागेका थिए । प्रहरीले ५ सय ६४ केजी गाँजा र ४५ केजी चरेस बरामद गर्नुको साथै चारजना भरियाहरु नियन्त्रणमा लिएको छ । करिब ३०, ३५ जनाको समूहमा आएका भरियाहरुले गाँजा बोकेका थिए । तीमध्ये बाटो देखाउने र गोली प्रहार गर्ने ३, ४ जना तस्करहरु थिए । प्रहरीले राति नै जंगलमा लुकेको अवस्थामा मनहरी गाउँपालिका ७ का १६ वर्षींय दीपेन्द्र राई, राक्सिराङ -८ का २९ वर्षीय सुरेश स्याङ्तान, मनहरी -६ का ३६ वर्षीय गोपाल ब्लोन र मनहरी-६ का १८ वर्षींय कृष्ण तामाङ पक्राउ गरेको  इलाका प्रहरी कार्यालयले बताएको छ ।