Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

मोर्चाका कार्यकर्ताले निर्वाचन कार्यालय घेराउ

Tuesday, March 28, 2017 National Power

१५ चैत्र, राजविराज – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरूले सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला निर्वाचन कार्यालय सप्तरी घेराउ गरेका छन् ।

आज बिहान १० बजेदेखि मोर्चाका कार्यकर्ताले निर्वाचन कार्यालय घेराउ गरेका छन् । घेराउका कारण कार्यालयको कामकाज हुन सकेको छैन । कार्यालय घेराउ कार्यक्रममा मोर्चा आवद्ध दलका केन्द्रीय तहका नेताहरू समेत सहभागी छन् । मोर्चाको कार्यक्रमलाई ध्यानमा राखी निर्वाचन कार्यालय वरपर ठूलो संख्यामा सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ । मोर्चाका कार्यकर्ता र प्रहरीबीच कुनै अप्रिय स्थिति नआओस् भन्दै जिल्ला प्रहरी कार्यालय ले उक्त स्थानमा सुरक्षा कमाण्ड सम्हालेको छ ।

मोर्चा कार्यकर्ताहरुले अहिलेकै अवस्थामा स्थानीय तहको निर्वाचन हुन नदिने भन्दै निर्वाचन कार्यालय घेराउ गरेको बताए । घेराउ कार्यक्रम आज साँझ ५ बजे सम्म रहने मधेसी मोर्चाले जनाएको छ ।