Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

जिल्लामा एक प्रहरीले पाँच सयभन्दा बढी नागरिकलाई सुरक्षा

Tuesday, March 28, 2017 National Power

१५ चैत, डडेल्धुरा – डडेल्धुरा जिल्लामा एक प्रहरीले पाँच सयभन्दा बढी नागरिकलाई सुरक्षा दिनुपर्ने अवस्था छ। जिल्लाको जनसंख्याअनुसार एक प्रहरीले पाँच सय ११ नागरिकको सुरक्षा दिनुपर्ने अवस्था रहेको हो।

जिल्लामा हाल एक नायब उपरीक्षक, दुई निरीक्षक, आठ नायब निरीक्षक, २६ सहायक निरीक्षक, ६१ हवल्दार र एक सय ७२ जना जवान गरी २ सय ७८ जना प्रहरी रहेका छन्। जिल्लामा एक इलाका प्रहरी कार्यालय जोगबुडासहित १४ वटा प्रहरी चौकी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

यस्तै जिल्लामा तीन वटा अस्थायी प्रहरी चौकी रहेका छन् भने एक प्रहरी बिट रहेको कार्यालयले जनाएको छ। जिल्ला तथ्याङ्क कार्यालय डडेल्धुराले दिएको जनाकारी अनुसार २०६८ सालको जनगणना अनुसार जिल्लामा ७५ हजार ५ सय ३८ महिला र ६६ हजार ५ सय ५६ पुरुष गरी एक लाख ४२ हजार ८४ जना नागरिक रहेका छन् ।