Wednesday 6th December 2023

    सिविसको आयोजनामा सांसदहरुसँग नीति संवाद    प्रेम रतन धन पायो, हुक्का बार जस्ता बहुचर्चित गीतका गायक विनीत सिंहको लाइभ शो सम्पन्न    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल

एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ

Tuesday, March 28, 2017 National Power


१५ चैत, काठमाडौं – नेपालले इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध टस जितेर पहिला फिल्डिङ गरिरहेको छ । नेपालले अहिलेसम्म चार विकेट लिएको छ ।

१७ ओभरको खेल सकिँदा बंगलादेशले चार विकेटको क्षतिमा ७२ रन बनाएको छ ।
नेपालका अविनाश कर्णले तीन तथा मेहबुब आलमले कक्स बजारमा भइरहेको खेलमा एक विकेट लिएका हुन् ।
सोमबार भएको पहिलो खेलमा पाकिस्तानबाट नेपाल ६ विकेटले पराजित भयो ।

उक्त प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै मलेसिया, अफगानिस्तान र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, श्रीलंकाका र बंगलादेश २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।

यो खेलमा प्रमुख तीन बलर सोमपाल कामी, शक्ति गौचन र बसन्त रेग्मी पनि टिममा छैनन् ।