Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध नेपालले टस जितेर पहिला फिल्डिङ

Tuesday, March 28, 2017 National Power


१५ चैत, काठमाडौं – नेपालले इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा बंगलादेशविरुद्ध टस जितेर पहिला फिल्डिङ गरिरहेको छ । नेपालले अहिलेसम्म चार विकेट लिएको छ ।

१७ ओभरको खेल सकिँदा बंगलादेशले चार विकेटको क्षतिमा ७२ रन बनाएको छ ।
नेपालका अविनाश कर्णले तीन तथा मेहबुब आलमले कक्स बजारमा भइरहेको खेलमा एक विकेट लिएका हुन् ।
सोमबार भएको पहिलो खेलमा पाकिस्तानबाट नेपाल ६ विकेटले पराजित भयो ।

उक्त प्रतियोगितामा चार एसोसिएट राष्ट्र नेपालसँगै मलेसिया, अफगानिस्तान र हङकङ तथा टेष्ट मान्यताप्राप्त राष्ट्र पाकिस्तान, भारत, श्रीलंकाका र बंगलादेश २३ वर्षमुनिका खेलाडीको सहभागिता छ ।

यो खेलमा प्रमुख तीन बलर सोमपाल कामी, शक्ति गौचन र बसन्त रेग्मी पनि टिममा छैनन् ।