१४ चैत, रौतहट – रौतहटको सदरमुकाम गौरसँगै जोडिएको सिमावर्ती भारतीय बजार बैरगनियामा एकजना भारतीय विधायकका भाईमाथि गोली प्रहार भएको छ ।
बिधायक पवन जयसवलका भाई ३० बर्षिय राजाबाबु जयसवाललाई आज करिव १ बजे एक अपरिचत समुहले गोली हानेका हुन् । घाइते जयसवालको सितामढी अस्पतालमा उपचार भइरहेको छ ।
अपराधीको खोजीका लागि भारतीय प्रहरीले नेपाल तर्फको बाटो रोकेर सुरक्षा जाँचमा कडाइ गरेको छ भने गोली प्रहारपछि बैरगनिया बजारका सबै पसलहरु बन्द रहेकोे र त्यहाँको अवस्था त्रासदीपुर्ण रहेको स्थानीयले बताएका छन् । गोलि कसले र किन हानेको भन्ने बारे खुलेको छैन ।