Wednesday 19th January 2022

    काठमाडौँमा आजदेखि थप कडाइ, के गर्न पाइन्छ, के पाइँदैन ?    सर्वोच्च अदालतमा आजदेखि जरुरी मुद्दामा मात्र सुनुवाइ हुने    भोजपुरी फिल्मका स्टारको गाडीमा आगजनी, खेसारीलाल भन्छन्, 'यो घटनामा मेरो डेढ करोडको नोक्सानी भयो    गायक रेवती घिमिरेको जाला जोबन सार्बजनिक हेर्नुहोस    वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत

नयाँ शक्ति नेपालले ४ जना सदस्यहरुलाई पार्टीबाट निष्कासित

Monday, March 27, 2017 National Power

१४ चैत, काठमाडौं – नयाँ शक्ति नेपालले ४ जना केन्द्रीय परिषद् सदस्यहरुलाई पार्टीबाट निष्कासित गरेको छ ।

केन्द्रीय परिषद् सदस्यहरु निर्मल भट्टराई , चन्द्रदेव ओझा, हरिराम रिमाल र मोहन बमलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी आज बसेको नयाँ शक्ति पार्टी, नेपालको विशेष राजनीतिक समितिले निष्कासन गरेको हो । पार्टी हित र स्वीकृत मूल्य–मान्यता विपरित गतिविधिमा निरन्तर संलग्न भै गम्भीर गल्ती गरेको र पार्टीले सोधेको स्पष्टीकरण नदिएकोले उनीहरुलाई निस्कासन गरिएको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।