Wednesday 30th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

स्थानीय चुनावमा चीनको सहयोग, नेपालमा लगानी गर्न चीनालाइ प्रधानमन्त्रीको आग्रह

Monday, March 27, 2017 National Power

१४ चैत, बेइजिङ्ग – प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनिया राष्ट्रपति सि जिन पिङ वीच आज भएको भेटमा चिनले नेपालको स्थानीय निर्वाचनमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

आज भएको भेटमा चिनिया राष्ट्रपति सि ले स्थानीय निर्वाचनको लागि करिब १४ करोड ४० लाख सहयोगको घोषण गरेका हुन । साथै उनले तातो पानी नाका खोल्नको आफु सकारात्मक भएको पनि भ्रमण दलका एक सदस्यले जानकारी दिए ।

यस अघि आजै भएको एक अर्को कार्यक्रममा प्रधानमन्त्री दाहालले नेपालका लगानीको बाताबारण बनेको भन्दै चिनियाहरुलाइ लगानीको लागि आह्वान गरेका थिए । उनले नेपाल लगानीको लागि भजिैन भएको भन्दै छिटो भन्दा छिटो नेपालमा चिनिया लगानी भित्र्याउन आग्रह गरेका थिए ।