Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङ्बीच आज भेटवार्ता हुँदै

Monday, March 27, 2017 National Power

१४ चैत्र , – चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी जिनपिङ्बीच आज भेटवार्ता हुँदैछ । चीन उड्नु अघि सद्भाव भ्रमणमात्र नहुने बताएका प्रधानमन्त्री दाहाल र सीबीच केही महत्वपूर्ण बिषयमा सहमति हुने सम्भावना छ । नेपाली समयअनुसार दिउँसो पौने २ बजे हुने भेट करिब १५ मिनेटको हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले विगतका सहमति कार्यान्वयन, वन वेल्ड वन रोड, रेल्वे, ट्रान्समिसन लाईन, हाईड्रो लगायतमा दुई राष्ट्रप्रमुखबीच छलफल हुनेछ । अन्य राजनीतिक भेटमा चीनको वान बेल्ट, वान रोडमा नेपाल समेत सहभागी हुने प्रतिबद्धता प्रधानमन्त्री दाहालले व्यक्त गरेका, राष्ट्रपति सीसँगको भेटमा समेत सोही बिषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । गत शनिवार बोआओ सम्मेलनलाई सम्बोधन गरी बेईजिङ पुगेका दाहालले भुकम्पपछि बन्द रहेको तातोपानी नाका खुलाउने बारे समेत चिनियाँ अधिकारीलाई आग्रह गरेका थिए । राष्ट्रपति सी सँगको भेटपछि आजै चेन्दु प्रस्थान गर्ने कार्यक्रम छ । त्यहाँ समेत प्रधानमन्त्री दाहालले राजनीतिक भेटवार्ता गर्ने उहाँको निजी सचिवालयले जनाएको छ ।