Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

पाँच खेलबाट १३ अंकसहित इंग्ल्याण्ड शीर्ष स्थानमा

Monday, March 27, 2017 National Power

१४ चैत , – आइतबार राति भएको विश्वकप २०१८ को छनौट खेलअन्तर्गत इंग्ल्याण्ड विजयी भएको छ । पाँच खेलबाट १३ अंकसहित इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ।
मा भएको खेलमा युरोपियन क्षेत्रको छनौट अन्तर्गत इंग्ल्याण्डले लिथुवानियालाई २–० ले हराएको हो ।उक्त मैदानमा भएको खेलमा जर्मेन डिफो र जेमी भर्डीले इंग्ल्याण्डलाई जिताउन एक एक गोल गरे । ग्यारेथ साउथ गेटको प्रशिक्षणमा खेलेको लिथुवानिया माथि इंग्ल्याण्डले सहज जित निकालेको हो ।

इंग्ल्याण्डले२२ औं मिनेटमा डिफोले गोल गर्दै पहिलो हाफमा १–० को अग्रता दिलाए । इंग्ल्याण्डबाट डिफोले अहिलेसम्म २० गोल गरिसकेका छन् । अहिले सम्मका राष्ट्रिय टिमबाट २० गोल गर्ने उनी २२ औं खेलाडी हुन् ।
भर्डीले करिब ६६ औं मिनेटमा गोल गरेपछि इंग्ल्याण्ड २–० ले विजयी भयो । अहिले सम्ममा ९ अंकले स्लोभाकिया दोस्रो स्थानमा छ ।