१४ चैत, झापा – झापाबाट विद्युत चुहावटमा संलग्न सात महिलासहित २० जना पक्राउ परेका छन् । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाबाट विद्युत चोरी गर्दा गर्दै उनीहरुलाई गए राती नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्र र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त गस्ती टोलीले विद्युतीय उपकरणसहित पक्राउ गरेको हो ।
विद्यूत प्राधिकरणको अनारमनी वितरण केन्द्रका अनुसार उनीहरुलाई सुरुङ्गाको प्रजापति टोलबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको बताइएको छ ।
उनीबाट सिँचाइको मोटर, विद्युतीय तार बरामद गरिएको,त्यस्तै हुकिङ गरेर घरमा जडान गरिएको तार, मिटर समेत बरामद गरिएको छ ।
उनीहरुमाथि विद्युत चुहावट नियन्त्रण ऐनअन्तर्गत कारबाही अघि बढाइने नेपाल विद्युत प्राधिकरण अनारमनी वितरण केन्द्रका केन्द्रले जनाएको छ ।