Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

उपत्यकामा आज घोडे जात्रा मनाइँदै

Monday, March 27, 2017 National Power

१४ चैत, काठमाडौं – उपत्यकामा चैत कृष्ण औंसीको अवसर पारेर प्रत्येक वर्षको जस्तै आज पनि घोडे जात्रा मनाइँदै छ । काठमाडौं उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।

उपत्यकाको मानव वस्तीमा परापूर्व कालदेखि राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोड जात्रा मनाइएको पाइन्छ ।

अर्कोे किंवदन्ती अनुसार प्रत्येक वर्षको चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने विश्वासका आधारमा उक्त दिनको अघिल्लो दिन चैत्र कृष्ण औंसीमा घोडा कुदाएर  नयाँ वर्षलाई स्वागत गरिने प्रचलन रहेको हो ।

घोडे जात्राको अघिल्लो दिन चैत कृष्ण चर्तुदशीलाई पिसाच चर्तुदर्शीका रुपमा लिइन्छ । काठमाडौंको टुडिखेलमा बर्सेनि नेपाली सेनाले घोडेजात्राको आयोजना गर्दछ । यस्तै ललितपुरको पाटनमा आजकै दिन एक्लो घोडा दगुराएर घोडे जात्रा मनाइन्छ ।