Wednesday 20th October 2021

    कञ्चनजङ्गा साकोसको छैटौं वाार्षिक साधारणसभा आजबाट सुरु    पोई पर्यो कालेबाट गोपाल ढकाल ‘छन्दे’ बने सर्वोत्कृष्ट हास्यअभिनेता    गायक शिव परियारको माया विक्ने भएछ गीत चर्चासँगै ट्रेण्डिङमा नं १. मा (भिडियो सहित)    जुम ब्युटि एकेडेमिको शाखा बनेपामा बिस्तार     नेपाल योग खेलकुद संघ काठमाडौं समितिको पुनर्गठन सम्पन्न

​पति हत्याको आरोपमा पत्नी पक्राउ

Sunday, March 26, 2017 National Power

 

१३ चैत, कालिकोट – कालिकोटको महावै गाउँपालिका–५ कि १६ वर्षिया धनकलाविकलाई पति हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
२३ वर्षीय पति नरेन्द्र विकलाई हत्या गरेको आरोपमा शनिबार प्रहरीले धनकलालाई पक्राउ गरेको हो ।
प्रहरीले चैत ५ गते खाँडाचक्र नगरपालिका–८ स्थित ससुराली घरमा आएका बेला नगरपालिका–९ का १८ वर्षीय रमेश विकसँग मिलेर धनकलाले हत्या गरेको आरोपमा उनलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी प्रमुख ‘डिएसपी’ योगेन्द्र खड्कालेआरोपी रमेशसँग विवाह गर्ने उद्देश्यले हत्या गरी खोल्सामा फालेको धनकलाले प्रहरी समक्ष स्वीकार गरेको बताउनुभयो । हत्याका अर्का आरोपित रमेश विक फरार छन् ।
खाँडाचक्र नगरपालिका–८ छायढुस्की भन्ने ठाउँको खोल्सामा एक हप्ता अगाडि हराएका मृतक नरेन्द्रको शव चैत ११ गते भेटिएको थियो ।