Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

क्यान्सरका कारण दुई कैदीको मृत्यु

Sunday, March 26, 2017 National Power

१३ चैत चितवन – भरतपुरस्थित जिल्ला कारागारमा कैद भुक्तान गर्दै आएका दुई कैदीको क्यान्सर रोगबाट मृत्यु भएको छ ।
जिल्ला कारागार चितवनले चैत ९ गते एकजना रशनिबार अर्का एक जनाको गरि दुई कैदीको क्यान्सर रोगको कारण ज्यान गएको जनाएको छ ।

रोगको कारण मृत्यु हुनेमा सन्धुलीका रुपन्देहीका ठगराज पौडेल र ३५ वर्षीय अर्जुन गिरी रहेको जेलमा रहेका कैदि कमल काफ्लेले जानकारी दिए।
उनका अनुसार फोक्सोको क्यान्सरबाट पीडित अर्जुन गिरी उपचार कै क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
विसं २०७० सालमा अदालतले उनलाई दोषी ठहर गर्दै २०८० साल माघ १८ गतेसम्मका लागि कैदको आदेश दिएको थियो ।

रामेछापमा कैद भुक्तान गरिरहेका गिरी लाई क्यान्सर रोग लागेपछि उपचारका लागि केही चितवन ल्याइएको थियो ।
यसैगरी २०५४ फागुन १ गते जेल परेका ठगराजलाई २०७३ साल कात्तिक १ गते पाल्पा जेलबाट भरतपुर कारागारमा स्थानान्तरण गरिएको थियो ।
भरतपुर कारागार प्रमुख कमलप्रसाद काफ्लेले क्यान्सर रोगबाट पीडित पौडेलको शनिबार मृत्यु भएको जनाकारी दिए।
पाँच वर्षको अवधिमा भरतपुर कारागारमा ३० जनाको मृत्यु भएको छ ।