Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

व्यक्तिगत सफलता नभइ टिमको सफलता :रोनाल्डो

Sunday, March 26, 2017 National Power

१३ चैत,–पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले व्यक्तिगत कीर्तिमान भन्दा आफ्ना लागि देशको सफलता महत्वपूर्ण रहेको बताए । विश्वकप २०१८ को छनौट अन्तर्गत हिजो राति भएको खेलमा हंगेरीलाई ३–० ले पराजित गराउने क्रममा रोनाल्डोले दुई गोल गरेका थिए । उनले विश्वकप २०१८ को छनौटमा अहिलेसम्म भएका पाँच खेलमा ९ गोल गरिसकेका छन् । पोर्चुगलको टिमबाट ७० गोल गरेका रोनाल्डो युरोपका देशबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा पनि उक्लिएका छन् । तर रोनाल्डोले आफूलाई व्यक्तिगत सफलता नभइ टिमको सफलताले खुशी मिल्ने बताए । टिममा निकै राम्रा युवा खेलाडी रहेकाले जित्न सफल भएको रोनाल्डोको भनाई छ । हंगेरीसँगको खेलमा एक गोल गरेका एन्ड्रे सिल्भाले निकै राम्रो खेलेको रोनाल्डोले बताए ।