Tuesday 21st March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

मोटरसाइकल ट्र्याक्टरमा ठोकिदा तीनको मृत्यु

Sunday, March 26, 2017 National Power

१३ चैत, धनगढी – कैलालीको चौमाला कुचैनी सडकखण्डमा हिजोराति भएको मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ सडक किनारमा रोकिराखेको लु३त ५०३२ नम्बरको ट्र्याक्टरको ट्रलीमा आउँदै गरेको से५प २०७१ नम्बरको मोटरसाइकल ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार यी तीनै जनाको मृत्यु भएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले मृत्यु हुनेमा कैलालीको साविक साडेपानी गाविसका ३० वर्षकै हरिनारायण चौधरी, ३० वर्षीय प्रकाश चौधरी, र साविक मुनुवा गाविसका २३ वर्षीय रामलाल चौधरीको मृत्यु भएको जनाएको छ ।

दुर्घटनापरि घाइते हुने दुई जनाको एक जनाको नेपालगन्जमा र पद्मा अस्पताल अत्तरियामाउपचारका क्रममा मृत्यु भएको हो ।