Monday 8th December 2025

    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन    काभ्रेपलाञ्चोकमा सुन्तला उत्पादन केही प्रतिशत बढ्ने प्रक्षेपण    ‘विदेशमा रहेकाहरूको र अन्तरजिल्ला मतदानको विषय चाँडै टुङ्गो लाग्छ’    अप्टिमिष्टि क्लब अफ डेरी ईन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम सम्पन्न, चार्टर अध्यक्षमा सञ्जेल, सचिवमा ओझा    श्रेष्ठको अध्यक्षतामा नेपाल–भियतनाम चेम्बर अफ कमर्स एण्ड ईण्डष्ट्रिको नयाँ कार्यसमिति चयन

श्रीमतीको हत्यापछि आत्महत्या

Sunday, March 26, 2017 National Power

१३ चैत, डडेल्धुरा– डडेल्धुरा जिल्लाको आलिताल गाउँपालिकामा श्रीमतीको हत्या गरी श्रीमानले आत्महत्या गरेका छन् ।

आलिताल गाउँपालिका ७ चिसापातिका ४२ बर्षका कर्ण बहादुर बोहराले ३८ बर्षकी आफ्नी श्रीमती बेलमति देवी बोहराको धारिलो हतियार प्रयोग गरि हत्या गरेको ईलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

शनिवार दिउँसो ३ बजे तिरको समयमा बोहराले श्रीमतिको हत्या गरे पछि आफुले पनि घर नजिकैको रुखमा झुन्डिएर आत्म हत्या गरेका थिए भने श्रीमतिको हत्या गर्ने बोहराको मानसिक सन्तुलन ठिक नभएको स्थानीको भनाइ छ।उनका तीन छोरी र एक छोरा रहेका छन् । छोरा रोजगारीको शिलशिलामा  दुबईमा छन् ।