Saturday 7th March 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

अनुसन्धानका लागि सिके राउतलाई १० दिन थप

Friday, March 24, 2017 National Power

११ चैत, सिरहा – सिरहा जिल्ला अदालतले राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएका स्वतन्त्र मधेश गठबन्धनका सिके राउतलाई थप दश दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

राउतलाई स्वतन्त्र मधेशको पक्षमा गतिविधि गरेको आरोपमा धनुषाको जनकपुरमा पक्राउ गरी लहानमा मुद्दा दायर गरिएपछि राउतलाई पहिलो पटक गत माघ २१ गते दस दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख शेखर कोइरालाले चौथो पटक २० दिनको र पाचौ पटक चैत ११ गते जिल्ला अदालत सिरहाले थप दश दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जानकारी दिए ।