Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

अनुसन्धानका लागि सिके राउतलाई १० दिन थप

Friday, March 24, 2017 National Power

११ चैत, सिरहा – सिरहा जिल्ला अदालतले राज्य विरुद्धको संगठित अपराध अन्तर्गत मुद्दा चलाइएका स्वतन्त्र मधेश गठबन्धनका सिके राउतलाई थप दश दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

राउतलाई स्वतन्त्र मधेशको पक्षमा गतिविधि गरेको आरोपमा धनुषाको जनकपुरमा पक्राउ गरी लहानमा मुद्दा दायर गरिएपछि राउतलाई पहिलो पटक गत माघ २१ गते दस दिनसम्म थुनामा राख्ने आदेश दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख शेखर कोइरालाले चौथो पटक २० दिनको र पाचौ पटक चैत ११ गते जिल्ला अदालत सिरहाले थप दश दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको जानकारी दिए ।