Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

गृहमन्त्रालयबाट स्वीकृति लिएर निजी बन्दूक राख्नेहरुको सूचीसहित

Friday, March 24, 2017 National Power

११ चैत, काठमाडौं  – नेपालमा व्यक्तिगत हतियार राख्ने सहज नभएता पनि पैसा र पहुँच हुनेहरुले गृहमन्त्रालयबाट स्वीकृति लिएर निजी बन्दूक राख्ने गरेको पाइएको छ ।

नेपाल सरकार आफैंले लाइसेन्स दिएका हतियार जिल्ला प्रशासन कार्यालयमा जम्मा पार्ने अभियानमा जुटेको छ ।

दर्तावाल हतियारहरु जिल्ला प्रशासन कार्यालयमा फिर्ता गर्न सरकारले आह्वान गरिरहेकै बेला केही भीआइपीका साथमा पनि व्यक्तिगत हतियार रहेको तथ्य फेला पारेको छ ।

गृहमन्त्रालयबाट स्वीकृति  लिएका व्यक्तिहरु

गृहमन्त्रालय स्रोतका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुनसँग २२ बोर, पूर्वप्रहरी अधिकारी हेमन्तबहादुर पालसँग १२ बोर, माओवादी नेता प्रभु साहसँग १२ बोर, प्रधानमन्त्री पुत्र साकार दाहालसँग २२ बोरको निजी बन्दूक तथा राइफल रहेको सार्वजनिक भइसकेको छ । भने डीआइजी जयबहादुर चन्दले पनि निजी हतियार राखेको पाइएको छ ।
दोलखाका सञ्जीव वलीसँग जर्मनमा बनेको हतियार रहेको गृहमन्त्रालयमा रेकर्ड छ ।

यसरी व्यक्तिगत हतियार राख्नेहरुमा उपराष्ट्रपति, प्रहरीका हाकिम र दलका नेताहरु मात्र छन्