Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना आह्वान

Friday, March 24, 2017 National Power

११ चैत, काठमाडौं – सरकारले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना खोलेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार ७५ हजार म्यादी प्रहरीका लागि भर्ना आह्वान गरेको हो । साधारण लेखपढ गर्न जान्ने, शारीरिक रूपमा तन्दुरुस्त, कुनै दलको सदस्य नभएको र कुनै फौजदारी अभयोग नलागेको १८ देखि ५४ वर्ष उमेर बीचका व्यक्ति म्यादी प्रहरी हुन सक्ने प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । भर्ना हुनेले  ११ देखि १७ चैतभित्र फाराम भरिसक्नुपर्नेछ ।

नेपाल प्रहरीको वेबसाइटबाट  नेपालपुलिस डट जिओभी डट एनपीमा फाराम राखिएको छ । उनीहरूले मासिक १७ हजार २ सय ३० रुपैयाँ तलब पाउनेछन् । म्यादी प्रहरीले ड्रेस, प्रहरी जवानको बराबर तलब र खाजा खर्च पाउनेछन् । ५५ दिनका लागि सरकारले म्यादी प्रहरी भर्ना गर्न लागेको हो । ७५ जिल्लाकै जिल्ला प्रहरी कार्यालय मार्फत फाराम बुझाउन सकिनेछ । १९ देखि २२ चैतसम्म छनोट हुने र २२ चैतमा नतिजा प्रकाशन हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  सरकारले अघिल्लो चुनावमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी भर्ना गर्न लागेको हो ।