Thursday 22nd February 2024

    एभरेष्ट नेपाल कल्चरल ग्रुपले १२ औं अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको आयोजना गर्दै    चर्चित हाँस्य कलाकार गणेश ईशाराको एकल ‘अल नेपाल कमेडी शो’ कार्यक्रम गर्दै    गोर्खा वारियरको पोखरामा भव्य रेडकार्पेट प्रिमियर    पाशुपत क्षेत्रमा पहिलो पटक स्वस्थानी माताको ब्रतकथा बाचन हुँदै    चलचित्र पत्रकार संघ नेपालको प्रथम राष्ट्रिय भेलामा चलचित्र निर्देशक खरेललाई मानार्थ सदस्यता प्रदान

ग्याल्थुम अडिटमा रहेको टायर पड्किँदा एकको ज्यान गयो

Friday, March 24, 2017 National Power

११ चैत, सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजनाको ग्याल्थुम अडिटमा रहेको  टायर पड्किँदा एक जनाको ज्यान गएको छ ।

सुरुङभित्र खन्न प्रयोग गरिने साधन ट्यारेक्सको पन्चर भएको टायरलाई मर्मत गरी पुनः हावा भर्ने क्रममा टायर पड्केर हावाको झोक्काले उछिटिृँदा मकवानपुर जिल्ला भीमफेदी घर भई सुरुङको ग्यारेजमा कार्यरत ४९ वर्षीय रमेश थापामगरको बिहीबार ज्यान गएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले जानकारी दिए भने घाइते रमेशको उपचारका क्रममा काठमाडौंस्थित चिरायु अस्पतालमा ज्यान गएको हो ।