Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

स्थानीय तहको निर्वाचन र चीन भ्रमणबारे संसदीय दललाई जानकारी गराउँदै पुष्पकमल दाहाल

Thursday, March 23, 2017 National Power

१० चैत,  काठ्माण्डौ  – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समसामयिक परिस्थिति, संसद्को चालु अधिवेशन, स्थानीय तहको निर्वाचन र चीन भ्रमणबारे संसदीय दललाई जानकारी गराएका छन् ।

प्रमुख सचेतक टेक बहादुर बस्नेतले सिहदरवारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा निर्वाचन र संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन पारित गर्नुपर्ने र संसद मार्फत नै दलहरुबीच कयौँ विषयमा सहमति खोज्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी संसद्को अधिवेशन जारी राख्नु पर्ने कारणबारे जानकारी दिए ।बस्नेतले प्रदेश संयोजक र संसदीय समितिले स्थानीय तह पुनःसरचना, सीमाङ्कन तथा स्थानीय तहको स्तरउन्नतिका बारेमा आएका गुनासोबारे सुझाव सङ्कलन गरी सरकारलाई प्रतिवेदन दिने निर्णय भएको बताए ।