Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

जिल्लामा नेपाली कांग्रेस र राप्रपाले भाग लिन पाउने

Thursday, March 23, 2017 National Power

१० चैत, काठमाडौं –  सबै जिल्लामा अब स्थानीय चुनावमा  नेपाली कांग्रेस र राप्रपाले भाग लिन पाउने भएका छन् ।

राप्रपाको ९ र कांग्रेसको एक जिल्लामा दल दर्ता छुटेको थियो, जसका कारण छुटेका जिल्लाका स्थानीय तहहरुमा चुनाव लड्न नपाउने अवस्था आएको थियो । तर, निर्वाचन आयोगले सत्तारुढ कांग्रेस, राप्रपासहितका दलहरुको छुटेका जिल्लाहरुमा दल दर्ता गरिदिएको छ । यसका लागि आयोगले फागुन २५ देखि २८ गतेसम्म तीन दिनको समय दिएर लिखित धारणा माग गरेको थियो ।त्यस आधारमा कांग्रेसको डोल्पा र राप्रपाको मोरङ, धनुषा, महोत्तरीसहित छुटेका ९ जिल्लामा दल दर्ता भएको छ । राप्रपा प्रवक्ता सुुशीलकुमार श्रेष्ठले ‘हाम्रो छुटेका जिल्लाहरुमा दल दर्ता भएको खबर आएको छ,’ श्रेष्ठ भने ।