१० चैत, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल आज राति चीन भ्रमणमा जाँदैछन् । भ्रमणमा जानु भन्दाअघि मन्त्रिपरिषद्बाट अनुमोदन गर्नुपर्छ । तर, कार्यवाहक प्रधानमन्त्री कसलाई दिने भन्ने वरियताको विवादले अहिलेसम्म बैठक नै निश्चित नएपछि उपप्रधानमन्त्रीद्वय, बिमलेन्द्र निधी र कमल थापाबीचको वरियता विवादले मन्त्रीपरिषद् बैठक बस्न नसकेको जनाइएको छ ।
सरकारका एक मन्त्रीका अनुसार बुधबार बिहानको बैठक साँझ ५ बजेलाई र उक्त बैठक अर्को सूचना जारी नभए सम्मलाई स्थगित भएको थियो । उनका अनुसार आज ११ बजेसम्म पनि मन्त्रिपरिषद्को बैठक कति बजे बस्ने सूचना आएको छैन ।
परराष्ट्र मन्त्रालयका अनुसार कार्यवाहक तोक्ने र प्रधानमन्त्रीको भ्रमण मन्त्रिपरिषद्बाट अनुमोदन गर्नुपर्ने हुन्छ ।तर, प्रधानमन्त्रीको कार्यक्रमबारे दैनिक जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले प्रधानमन्त्रीको आजको कार्यक्रममा मन्त्रिपरिषद् बैठक राखेको छैन ।