Friday 19th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

 छुट्टाछुट्टै दुर्घटनामा पाँच जनाको मृत्यु

Thursday, March 23, 2017 National Power

१० चैत, मोरङ  – मोरङको पूर्व पश्चिम राजमार्ग पथरी,कानेपोखरी सडक खण्डमा भएका दुर्घटनामा पाँच जनाको ज्यान गएको प्रहरीले जानकारी दिएकोछ ।

काँकडभिट्टाबाट बुटवलका लागि छुटेको ना ५ ख ५३८७ नम्बरको बसले मे ४ प ८५११ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बसमा रहेका बुटवल शंकर नगरपालिकाका पुरुषेत्तम सुवेदी र उहाँकी श्रीमति तथा मोटरसाइकलमा रहेका मोरङको लेटाङ्गका तिलक लिम्बु र देवेन्द्र लिम्बुको ज्यान गएको हो ।
यस्तै दुर्घटना भएको २ घण्टापछि त्यहि ठाउँमा फेरि मोटरसाइकल पल्टिँदा मोरङ्गको हसनदहका अजित खवासको ज्यान गएको छ । मोटरसाइकलको पछाडी रहेका रवि परियारको विराटनगरमा उपचार भइरहेको पथरीका प्रहरीले जानकारी दिए।