९ चैत्र, काठमाडाैँ – बुधवार पेरिविंकल नामक एक संस्थाले काठमाडाैमा पत्रकार सम्मेलन गर्याे र भन्याे नेपाली राष्ट्रिय क्रिकेट टिम र श्रीलङकाकाे टाेली विच क्रिकेट प्रतियाेगिता अायाेजना गर्दै छाैँ । यसाे भनिरहँदा पहिला त लागेकाे थियाे श्रीलङकाकाे कुनै एउटा घरेलु टाेली अाएर नेपालमा खेल्न लागेकाे हाेला भन्ने । तर जब अायाेजक संस्थाले नेपालमा क्रिकेट खेल्न अाउने खेलाडीहरूकाे नाम लिन थाल्याे तब सबै जना अचम्ममा परे ।
अायाेजकले नाम लिएका मध्ये सबै जना श्रीलङकाकाे राष्ट्रिय टिमका सदस्य रहीसकेका र त्याे पनि विश्व विजेता टाेली देखि हाल राष्ट्रिय टिमबाट खेलीरहेका खेलाडीहरू थिए ।
श्रीलंकाली महान खेलाडी सनथ जयसूर्यासहितका खेलाडीहरु लंका लायन्सबाट खेल्न नेपाल आउने बुधबारको पत्रकार सम्मेलनमा जानकारी गराइयो । कीर्तिपुर मैदानमा बैशाख १४, १६ र १८ मा दुई टोलीबीचको तीन मैत्रीपूर्ण टी-ट्वान्टी खेल हुनेछ । नेपाली टोलीको कप्तानी राष्ट्रिय टोलीका कप्तान पारस खड्काले गर्नेछन् भने श्रीलंकाली टोलीको कप्तानी विश्वबिजेता श्रीलंकाली टोलीका सदस्य अरविन्द डी सिल्भाले गर्नेछन् ।
हेरथल अहिले भइरहेकाे बङगलादेश विरूद्धकाे टेष्ट सिरिजमा कप्तानकाे भुमिकामा छन् ।
नेपाल भ्रमण गर्ने श्रीलंकाली टोलीका सदस्यहरुमा वर्तमान राष्ट्रिय टोलीका खेलाडीहरु उपुल थारंगा, रंगना हेराथ, डिल्सान मुनावेरा, सचित्रा सेनानायक र चामरा शिल्भादारा छन् । त्यस्तै पूर्व राष्ट्रिय श्रीलंकाली क्रिकेटर, सनथ जयसूर्या, चामिन्दा भास, रोमेस कुलाविथर्ना, उपुल चन्दना, फरभेज महारुफ, दिलहरा फर्नाण्डो र कौशल्या बैरारत्नेले नेपाल भ्रमण गर्नेछन् ।
पत्रकार सम्मेलनमा नेपाली कप्तान पारस खड्काले विश्व बिजेता श्रीलंकाली टोलीका सदस्यसँग खेल्न पाउँदा नेपाली खेलाडीहरुको अनुभवका साथै आत्मविश्वास बढ्ने बताए ।
आयोजक पेरिविंकलका प्रमुख कार्यकारी अधिकृत दिपेश घलेले भूकम्प अघिदेखि नै सिरिज आयोजना गर्ने तयारी भए पनि संभव नभएको र अहिले श्रीलंकाली दूतावाससँगको समन्वयमा सिरिज गर्न लागेको जानकारी दिए ।
आयोजक संस्था पेरिविंकलले सिरिजको अवसरमा नेपाली क्रिकेटका पहिलो कप्तान उत्तम कर्माचार्यलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने जानकारी दिएको छ । त्यस्तै महिला राष्ट्रिय टोलीकी प्रमथ कप्तान नेरी थापा, दृष्टिबिहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे, दृष्टिबिहीन राष्ट्रिय क्रिकेट टोलीका कप्तान कृतन श्रेष्ठ दुवाल र महिला कप्तान भगवती भट्टराई तथा नेपालका पहिलो आइसीसी अम्पायर बुद्धि प्रधानलाई पनि सम्मान गरिनेछ ।