Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

नयाँ शक्तिको राष्ट्रिय अभियान’ आजदेखि

Wednesday, March 22, 2017 National Power

९ चैत काठमाडौं – आज (बुधबार) देखि नयाँ शक्ति पार्टी नेपालको ‘हिमाल–पहाड–तराई–मधेस राष्ट्रिय अभियान’ सुरु हुदैछ । हिमाल, पहाड र तराई-मधेशलाई भावनात्मक रूपमा जोड्न र असन्तुष्ट पक्षहरूलाई सहमतिमा ल्याई संविधान संशोधन मार्फत तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको वातावरण बनाउन दबाब दिने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको पार्टीले जनाएको छ ।

चैत ९–१३ सम्म देशव्यापी रूपमाअभियानअन्तर्गत सभाहरू हुने आज दिउँसो १२ बजे लहानमा सभा हुने र चैत १० गते दिउँसो १२ बजे बर्दिबासमा तथा दिउँसो ४ बजे चन्द्रनिगाहापुरमा सभा हुने बताइएको छ । चैत ११ गते दिउँसो १२ बजे भैरहवामा र चैत १२ गते दिउँसो १२ बजे कोहलपुरमा सभा हुनेछ । चैत १३ गते दिउँसो १२ बजे धनगढीमा सभा भएपछि यस चरणको कार्यक्रम सम्पन्न हुने पार्टीले जनाएको छ ।