Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

बैतडीमा एसइइ परीक्षार्थीकोे मृत्यु

Wednesday, March 22, 2017 National Power

९ चैत, बैतडी  – बैतडीमा माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा दिइरहेका एक परीक्षार्थीको अन्जानमा उच्चरक्तचापको औषधि खाँदा ज्यान गएको छ । दशरथचन्द नगरपालिका–५ का १८ वर्षका कैलाश दमाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कैलाशले सोमबार आमाका लागि ल्याएकोे रक्तचापको औषधी सेवन गरेको र थप उपचारका लागि कैलाली लैजाँदै गर्दा मंगलबार बिहान बाटो मै ज्यान गएको प्रहरीले बताएको छ ।

दशरथचन्द मावि सुन्दरखालीमा अध्ययनरत कैलाश शाहीलेकमा रहेको वीरेन्द्र मावि केन्द्रबाट एसइइ परीक्षा दिइरहेको जिल्ला शिक्षा कार्यालयका ले जनाएको छ ।