Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

मन्त्रिपरिषद् बैठकमा आईजी नियुक्तका विषयमा छलफल हुने

Wednesday, March 22, 2017 National Power

९ चैत, काठमाडौं – सरकारले प्रहरी महानिरीक्षक नियुक्तिको सर्वोच्च अदालतको फैसलापछि प्रक्रिया सुरु गर्ने भएको छ। योग्यता र बरीयताक्रम मिचेर डीआईजी’ जयबहादुर चन्दलाई ‘आईजी’ नियुक्त गरेको सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि पुनः नियुक्तिको प्रक्रिया सुरु भएको हो।

विहीबारदेखि हुने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीनभ्रमणका विषयमा छलफल गर्न बोलाइएको आजको मन्त्रिपरिषद् बैठकमा आईजी नियुक्तका विषयमा पनि छलफल हुने श्रोतले वताएको छ। यो विषय मन्त्रिपरिषद् बैठकको कार्यसूचीमा नराखिए पनि प्रक्रिया सुरु गर्न छलफल हुने जानकारी दिइएको छ।

सर्वोच्च अदालतको फैसलापछि बरीयताक्रमको पहिलो नम्बरमा नवराज सिलवाललाई आईजीपी बन्ने बाटो खुलेको छ। बिहान साढे १० बजेका लागि बोलाइएको बैठक बेलुकी ५ बजेका लागि सरेको सामान्य प्रशासन मन्त्री केशवकुमार बढाथोकीले जानकारी दिए।