Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

सवारी दुर्घटनामा एकको मृत्यु , दुई जना घाइते

Wednesday, March 22, 2017 National Power

९ चैत, चितवन – दारेचोकस्थित कुरिनघाटनजिकै आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना दुर्घटनामा घाइते भएका छन्। नारायणगढबाट काठमाडौं तिर आउँदै गरेको ग २ च ३३६५ नम्बरको बोलेरो पिकअपलाई विपरीत दिशाबाट जाँदै गरेको नम्बर नखुलेको ट्रकले ठक्कर दिँदा एक जनाको दुर्घटनामा मृत्यु भएको हो। गम्भीर घाइते भएका बोलेरो चालक धादिङ सिम्लेका २१ वर्षीय किरण तामाङको उपचारका लागि भरतपुर लैजादै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। करिब २ बजेतिर साविक दारेचोक गाविस–७ कुरिनघाटमा ट्रकले ठक्कर दिँदा कुखुरा बोकेको बोलेरो सडकबाट ५० मिटर तल त्रिशुली नदी किनारमा पुगेको थियो।घाइते हुनेमा तनहुँ दमौलीका २० वर्षीय राजेश सुनार र चितवन भरतपुर–१८ का २२ वर्षीय सुरज पोखरेलको उपचार भरतपुर मेडिकल कलेजमा भइरहेको छ। ट्रक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।