Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

संशोधनमा मोर्चालाई मनाउन एमाले सकारात्मक’

Tuesday, March 21, 2017 National Power

८ चैत, काठमाण्डौँ -सत्तापक्षले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा चुनावमा आउन तयार भएमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले संशोधन प्रस्तावमा लचिलो हुन तयार भएको जनाएको छ।

प्रदेश सीमांकनबाहेक संविधान संशोधनका अन्य विषय परिमार्जनसहित पारित गर्ने प्रयासस्वरुप सत्तापक्षले  थियो।
उक्त बैठकमा एमालेले प्रदेश सीमांकनबाहेक अन्य विषय परिमार्जनसहित संविधान संशोधन गरेमा मोर्चा चुनावमा जाने सुनिश्चिता सत्तापक्षले गर्नुपर्ने प्रस्ताव राखेको हो।मधेशी मोर्चा र सत्तापक्षको कार्यदलको छलफल सकारात्मक भइरहेको भन्ने खबर सत्तापक्ष(एमाले)बीचको बैठक तीव्र बनेको हो।
मोर्चा चुनावमा आउने हो भने एमाले पनि सीमांकन बाहेकका विषय परिमार्जन गरी संविधान संशोधन गर्न सकारात्मक देखिएको छ। कार्यदलमा प्रदेश सीमांकनको विवाद आयोगमार्फत टुंग्याउने र अन्य विषय परिमार्जन गरेर पारित गर्ने विषयमा सकारात्मक छलफल भइरहेको बताइएको छ।
चार प्रमुख दलको बैठकमा सहभागी एमाले नेता सुवास नेम्वाङका अनुसार प्रधानमन्त्रीले मधेशी मोर्चा र गठबन्धनलाई पनि निर्वाचनमा ल्याउनका लागि सकेसम्म कोशिस गरिरहेको र फेरि पनि छलफल गर्ने जानकारी गराएका थिए।
एमालेले सत्तापक्षबाट आफूहरु समक्ष कुनै प्रस्ताव नआएको बताउँदै मोर्चासँग प्रष्ट कुरा गर्न आग्रह गरेको बताए।
एमालेले संशोधन प्रस्ताव अघि बढाउँदा घोषित स्थानीय तहको चुनाव प्रभावित हुने आशंका व्यक्त गरेको छ।बैठकमा नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा एमालेका शीर्षस्थ नेता सहभागी थिए।