Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

बस दुर्घटनामा गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु

Monday, March 20, 2017 National Power

७ चैत, दमक- झापाको कमलनगर गाउँपालिकामा हिजो राति भएको बस दुर्घटनामा गम्भीर घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गम्भीर घाइते दमक नगरपालिका,२ का ३० वर्षीया निता विष्टको गएराति विराटनगरस्थित न्यूरो अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते दमक,२ का २३ वर्षीया लक्ष्मी पोखरेल र दमक, ९ का ४१ वर्षीय अनन्त खनालको उपचार भइरहेको छ भने कमलनगर गाउँपालिका, ५ सितापुरी चोकमा पूर्वबाट,पश्चिमतर्फ आउँदै गरेको बा ३ ख ७८१५ नं.को बस तीव्रगतिका कारण सडकमा पल्टिँदा १० जना यात्रु घाइते भएका थिए ।