Sunday 3rd December 2023

    The portal job4.online has been launched in Australia    नेपाल एओटीएस र आईकोसा, जापानको आयोजनामा‘राष्ट्रिय विकासमा साना तथा मझौला उद्योगहरुको भूमिका’ विषयक सेमिनार सम्पन्न    कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहारमा रसुवाका सन्तोष मोक्तानले जिते मोटरसाइकल    बिहीबार बल्खुबाट सुरु भएको दुर्गा प्रसाईंकोआन्दोलन शनिबार सिफलमा जारी    प्रसाईंले आफूले नेतृत्व गरेको आन्दोलनलाई सहयोग नगरेको भन्दै काठमाडौँबासीसँग गुनासो

स्थानीय तहका केन्द्रहरु चुनावअघि परिवर्तन गर्न नसकिने

Monday, March 20, 2017 National Power

७ चैत, काठमाण्डौँ -स्थानीय तहका केन्द्रहरु तोकिएका जिल्ला, जिल्लामा चुनावअघि परिवर्तन गर्न नसकिने स्थानीय विकास मन्त्रालयले जनाएको छ।
कतिपय जिल्लामा तोकिएका केन्द्रबारे असन्तुष्टि जनाउँदै विवाद भइरहँदा निर्वाचनलाई लक्षित गरेर भौतिक संरचना भएका ठाँउहरुमा केन्द्र राख्नु आफ्नो वाध्यता भएको मन्त्रालयका अधिकारीहरुले बताएका हुन्।
स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिले नै पछि ती केन्द्र परिवर्तन गर्न सक्ने उनीहरु बताउँछन्।
रोल्पा, रुकुम, पर्वत, बाँके लगायतका देशका विभिन्न जिल्लामा हालै घोषणा गरिएका स्थानीय तहका केन्द्रलाई लिएर चर्को विवाद भैरहेको छ।
स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै शुरुवात भएका यस्ता विवाद सरकारले प्रतिवेदनमा गरेको संशोधनपछि पनि हल हुन नसकेको र तोकिएका स्थानमा स्थानीय तहको कार्यालय स्थापना गर्ने काम हुन नसकेको  स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
बैशाख ३१ गते तोकिएको स्थानीय चुनावबाट निर्वाचित हुने जनप्रतिनिधिलाई एक पटकका लागि स्थानिय तहको केन्द्र परिवर्तन गर्न पाउने र वडाको केन्द्र पनि हेरफेर गर्न पाउने जस्ता अधिकार दिइएकाले हालको व्यवस्था अन्तरिम रहेको मन्त्रालयको भनाइ छ।
नयाँ स्थानका निम्ति आवश्यक भौतिक पूर्वाधार निर्माण जस्ता काम पनि निर्वाचित स्थानीय सरकारले गर्न सक्ने भन्दै करिब दुई महिना पर्खन मन्त्रालयले आग्रह गरेको छ।