Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

रुपन्देहीका तीन गाउँपालिकामा मधेसी मोर्चाले गरे तालाबन्दी

Monday, March 20, 2017 National Power

७ चैत, रुपन्देही – मधेसी मोर्चाले रुपन्देहीका तीन गाउँपालिकामा तालाबन्दी गरेको छ । मोर्चाका कार्यकर्ताले क्षेत्र नम्बर ६ मा रहेका कोटीमाई, मर्चवारी र समरीमाई गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
उनीहरुले गाउँपालिकाको बोर्ड निकालेर  र  सम्बन्धित गाउँपालिकाको वडा कार्यालयमा पनि तालाबन्दी गरेको बताएका छन् ।
७ वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा स्थानीय तहको पछिल्लो संरचनामा बुटवल उपमहानगरपालिकासहित ५ नगरपालिका र ९ वटा गाउँपालिका कायम गरिएको छ ।
जिल्ला समन्व समिति रुपन्देहीका स्थानीय विकास अधिकारी युवराज सुवेदीले गाउँपालिकामा लगाएको तालाबन्दी खुलाउन र कर्मचारीको सुरक्षा प्रवन्ध मिलाउन सुरक्षा निकायसँग समन्वय भइरहेको बताताए ।