Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

राप्रपालाई निर्वाचन आयोगले दिएको निर्देशनप्रति जनमोर्चाको ध्यानाकर्षण

Sunday, March 19, 2017 National Power

६ चैत, काठमाण्डौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानका केही नीति बदल्न निर्वाचन आयोगले निर्देशन दिएकोप्रति राष्ट्रिय जनमोर्चाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी राप्रपाको ‘राजतन्त्र’ र ‘हिन्दू धर्म’ सम्बन्धी नीतिलाई बदल्न आयोगले दिएको निर्देशन गलत भएको बताएका छन्। उनले निर्वाचन आयोगको उक्त निर्देशन संविधानमा व्यवस्था गरिएको अधिकारविरुद्ध भएको पनि हरेक पार्टीका आ–आफ्ना सिद्धान्त, नीति र कार्यक्रमहरु हुन्छन्ति र तिनीहरु आफ्नो पार्टीका प्रतिवेदन, विधान वा घोषणपत्रहरुमा राखिएका हुन्छन्। त्यो सम्बन्धित राजनीतिक दलको स्वतन्त्रताको कुरा हो,’विज्ञप्तिमा उल्लेख गरेका छन्। जनमोर्चाले संविधानमा पनि केही खास विषयहरुलाई छाडेर त्यसमा सामेल भएका कतिपय विषयहरुलाई संशोधन गर्न पाउने अधिकारलाई सुरक्षित राखेको बताएको छ।
राप्रपा नेपाल र राप्रपाबीच पार्टी एकतापछि आयोगमा पठाइएको राप्रपाको विधानबाट संविधानविपरीतका शब्द समेटिएको भन्दै निर्वाचन आयोगले ‘राजतन्त्रसहितको प्रजातन्त्र र हिन्दु राष्ट्र भन्ने शव्दावली झिकेर विधान स्वीकृत गरेपछि राप्रपा त्यसको विरोधमा उत्रिएको छ।
आयोगले दलको उद्देश्य धार्मिक र साम्प्रदायिक देखिएमा दल दर्ता गर्न इन्कार गर्न पाउने अधिकार आफूसँग भएको स्पष्ट गरेको छ ।