Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

युपीको मुख्यमन्त्रीमा योगी आदित्यनाथ

Sunday, March 19, 2017 National Power

६ चैत, भारत – भारतको उत्तरप्रदेश राज्यको मुख्यमन्त्री पदका लागि नेपालमा हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गर्दै आएका एकजना योगी चयन भएका छन् ।भारतीय जनता पार्टी बीजेपीको संसदीय दलको बैठकले योगी आदित्यनाथलाई मुख्यमन्त्री पदका लागि चयन गरेको थियो।

गोरखपुरको सांसद रहेका योगी आदित्यनाथ नेपालसँग सीमा जोडिएको भारतकै सबैभन्दा ठूलो राज्यको मुख्यमन्त्रीमा चयन हुनुलाई निकै चासोका साथ हेरिएको छ।गोरखपुरबाट पाँचौपटक सांसद बनेपनि गत वर्षदेखि मात्र उनी मुख्यमन्त्री बन्नसक्ने चर्चा हुन थालेको थियो।
भारतको शक्तिशाली मध्येमा पर्ने राज्य उत्तरप्रदेशको कार्यकारी प्रमुखमा आदित्यनाथको आरोहणले विवादको दलदलमा फसेको धर्मनिरपेक्ष गणतन्त्रात्मक नेपालको आन्तरिक राजनीतिलाई प्रभावित तुल्याउने कतिपयको आंकलन छ।

उनी र २ उप-मुख्यमन्त्री सहित ४२ जनाले अहिले सपथ लिइरहेका छन् ।