Thursday 11th December 2025

    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट    मानवअधिकार आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन

आईजीपी नियुक्तिसम्वन्धी मुद्दाको आज अन्तिम सुनुवाई

Sunday, March 19, 2017 National Power

६ चैत, काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्वन्धी मुद्दा आइतबारदेखि अन्तिम सुनुवाई सुरु भएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नै नेतृत्वको पाँच सदस्यीय पूर्ण इजलास गठन गरेकी छन् । हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा इजलासमा सदस्य छन् । गत बिहीबार नै मुद्दा न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा पेश भएको थियो । तर, महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले अन्तरिम आदेश जारी गर्ने न्यायाधीशहरुकै इजलास भन्दै आपत्ति जनाएपछि पूर्ण इजलासमा पठाइएको थियो ।

अहिले पूर्ण इजलासमा रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले नै डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो भने हरिकृष्ण कार्कीसहित तेजबहादुर केसीको इजलासले उक्त अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो । डीआईजी जयबहादुर चन्दलाई सरकारले प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो