Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

आईजीपी नियुक्तिसम्वन्धी मुद्दाको आज अन्तिम सुनुवाई

Sunday, March 19, 2017 National Power

६ चैत, काठमाडौं – प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्वन्धी मुद्दा आइतबारदेखि अन्तिम सुनुवाई सुरु भएको छ ।

प्रधानन्यायाधीश सुशीला कार्कीले आफ्नै नेतृत्वको पाँच सदस्यीय पूर्ण इजलास गठन गरेकी छन् । हरिकृष्ण कार्की, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा इजलासमा सदस्य छन् । गत बिहीबार नै मुद्दा न्यायाधीश हरिकृष्ण कार्की र तेजबहादुर केसीको संयुक्त इजलासमा पेश भएको थियो । तर, महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले अन्तरिम आदेश जारी गर्ने न्यायाधीशहरुकै इजलास भन्दै आपत्ति जनाएपछि पूर्ण इजलासमा पठाइएको थियो ।

अहिले पूर्ण इजलासमा रहेकी प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले नै डीआईजी जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो भने हरिकृष्ण कार्कीसहित तेजबहादुर केसीको इजलासले उक्त अन्तरिम आदेशलाई निरन्तरता दिएको थियो । डीआईजी जयबहादुर चन्दलाई सरकारले प्रहरी महानिरीक्षकमा बढुवा गरेको थियो