Wednesday 29th March 2023

    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग    प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान    कराते मास्टर्स मिट तथा ऐतिहाशिक साधारण सभा शुरु    ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव हुने

जिल्ला कार्य समितिको बैठक विस्तारित गर्न निर्देशन : राप्रपा

Sunday, March 19, 2017 National Power

६ चैत, काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टीले चैत १० गतेभित्र स्थानीय तहको चुनावलाई दृष्टिकोण गरी केन्द्रीय नेतृत्वलाई सम्बन्धित जिल्लामा कार्य समितिको बैठक विस्तारित  सम्पन्न गर्न निर्देशन दिएको छ ।

पाटिका नेता राजाराम श्रेष्ठका अनुसार नयाँ संविधानअनुसार पार्टीको स्थानीय तहका सबै एकाइ समायोजन गरी राजनीतिक गतिविधि सञ्चालन गर्न केन्द्रीय नेता तथा काठमाडौँ उपत्यका बाहिरका केन्द्रीय सदस्यलाई काठमाडौँ छाड्न निर्देशन दिएकोले जानकारी दिए । पार्टीमा अहिले पदाधिकारी तथा केन्द्रीय सदस्य करिब सय जना हुनुहुन्छ । ती नेताले काठमाडौँ उपत्यका बाहिर जाने र देशैभर ‘जनताको माझमा राप्रपा र स्थानीय चुनावसम्बन्धी कार्यक्रम’ सञ्चालन गरी स्थानीय तहको चुनावका बारेमा बुझाउने छन् ।

उक्त कार्यक्रम केही जिल्लामा सोमबारदेखि सुरु हुने छ।