Thursday 26th May 2022

    सरकारले लिम्पियाधुरा फिर्ता ल्याउन नसकेर कायरता प्रदर्शन गरेको छ : ओली    काँग्रेसले आफ्नो पहिचान गुमाएको छ : ओली    केपी शर्मा ओलीको झण्डै तीन घण्टा संसदलाई सम्बोधन    यी हुन् डिएसए स्टार र ट्यालेन्ट स्टार नेपालका विजेता    १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल मा नेपाली चलचित्र कुईनेटो सहित १५ देशका २६ फिल्म चयन

आज बस्ने बैठकमा निर्वाचन क्षेत्र निर्धारण विधेयक पारित हुने कार्यसूची

Sunday, March 19, 2017 National Power

६ चैत, काठमाण्डौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले पेश गरेको निर्वाचन क्षेत्र निर्धारण विधेयक पारित गर्ने कार्यसूची व्यवस्थापिका संसद् बैठकमा छ। आज बस्ने बैठकमा निर्वाचन क्षेत्र निर्धारण विधेयक पारित हुने कार्यसूची छ।

उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री कमल थापाले पेश गर्ने गाउँपालिका तथा नगरपालिकाको वडा निर्धारण विधेयक पारित गर्ने कार्यसूची रहेको व्यवस्थापिका संसद सचिवालयले जनाएको छ। त्यस्तै आजै पूर्व विशिष्ट पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक पनि पारित गर्ने तयारी छ। यो विधेयक उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले सदनमा पेश गर्नेछन भने प्रधानन्यायधीश तथा सर्वोच्च अदालतका न्यायाधीशको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी विधेयक सदनमा पेश हुनेसचिवालयले जनाएको छ।