४ चैत, रामेछाप – रामेछापको मन्थली २, करमबोटमा माइक्रो बसले ठक्कर दिँदा एकजनाको घटना स्थलमै ज्यान गएको छ । ना १ ज ९६०३ नम्बरको माइक्रोले ठक्कर दिँदा मोटरसाइकल चालक थर्पुका भरत खड्काको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार खड्काका बुवा तथा थर्पुका पूर्व गाविस अध्यक्ष गजेन्द्रबहादुर खड्का गम्भीर घाइते भएका छन् । घाइतेको तामाकोशी सेवा समितिमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।