Wednesday 18th February 2026

    राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा    Ambassador Park Tae-Young Officially Inaugurates Dream Skin Nepal’s New Outlet    नायक पुश्पल र सुमाम्साको म्युजिक भिडियो सार्वजनिक    Nepal Chamber of Commerce has successfully concluded a corporate golf tournament to mark Diamond Jubilee    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट

मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न : केपी ओली

Friday, March 17, 2017 National Power

४ चैत,  महेन्द्रनगर – मेची महाकाली राष्ट्रिय अभियान सफलतापूर्वक सम्पन्न भएको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ‘अभियानमा जनसहभागिता, उत्साह र जनताको स्वतःस्फूर्त सद्भावबाट पार्टी अत्यन्त उत्साहित र हर्षित भएको अध्यक्ष ओलीले बताएका छन् छ ।
उक्त अभियानमा सहभागिता, सहयोग र ऐक्यबद्धता प्रकट गर्ने आमजनसमुदायमा कृतज्ञता ज्ञापन गर्दै वर्तमान सरकारले बितेको सात महिनामा स्थानीय तहको निर्वाचन मिति घोषणाबाहेक अन्य कुनै पनि काम गर्न नसकेको आरोप लगाए । “सरकार गलत ढङ्गले प्रयोग भइरहेको छ, कसैलाई सन्तुष्ट पार्न ७४४ स्थानीय तहलाई बढाउने खेलमा प्रधानमन्त्री छन् ।”

नेपालीमाथि हेपाहा प्रवृत्ति देखाएर नेपालीको भावनामा चोट नपुर्याउन भारतसित आग्रह गर्दै केही दिन अघि भारतीय सुरक्षा बल (एसएसबी) को गोली लागेर सहादत प्राप्त गरेका पुनर्वासका गोविन्द गौतमको घटनामा भारतले नेपाल र नेपाली नागरिकसित माफी माग्नुपर्ने तथा दोषी सुरक्षाकर्मीलाई कारबाही गर्नुपर्ने माग गरे ।

‘नेपालको पूर्व झापा जिल्लाको काँकडभिट्टाबाट सुरु भएको संविधान कार्यान्वयन, निर्वाचन, समृद्धि र स्वाभिमान सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि मेची–महाकाली अभियान’ भन्ने नाराका साथ मेची–महाकाली राष्ट्रिय अभियान पश्चिमको कञ्चनपुरस्थित महेन्द्रनगरमा पुगेर बिहीबार सम्पन्न भएको छ ।

अभियानमा प्राप्त सामाजिक र नैतिक पुँजीलाई हामी आगामी दिनमा राष्ट्र निर्माण र संविधान कार्यान्वयनमा अधिकतम सदुपयोग गर्ने सङ्कल्प गर्दछौँ । अभियान नेकपा (एमाले)ले सुरु गरे पनि यो पार्टीको मात्रै अभियान होइन, राष्ट्रकै अभियान हो, पत्रकार सम्मेलनमा अध्यक्ष ओलीद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ ।