Friday 22nd September 2023

    निर्देशक सुमनको तिमीलाई चाँडै सार्वजानिक    संगीतकार योगेन्द्र उपाध्यायको नयाँ गीत ‘बाचेका थियौ’ सार्वजनिक    प्रधानसेनापतिद्धारा ‘वीर नेपाली सेना’ गीत सार्वजनिक    चार पार्टीका युवा संगठनले गराए राखेप सदस्य सचिव घिसिङको ध्यानाकर्षण    साल्ट ट्रेडिङका पूर्व अध्यक्ष कल्याण गोविन्द श्रेष्ठलाई पत्नी शोक

मोरङको टंकिसिनवारीस्थित उद्योगमा आग लागि क्षतिको विवरण संकलन भइरहेको

Friday, March 17, 2017 National Power

४ चैत्र, मोरङ – आज बिहान ४ बजेदेखि मोरङको टंकिसिनवारीस्थित जयश्री पियुटेक उद्योगमा आगो लागेकोअझै नियन्त्रणमा आउन सकेको छैन । झापा, विराटनगर, सुनसरी, इटहरी, इनरुवा, सप्तरी, र धरानलगायत नगरपालिकाका दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आगो नियन्त्रणमा आउन कठिन भएकाले आगो फैलिएर थप क्षति नहोस् भनेर उद्योग आसपासका क्षेत्राका बासिन्दा र अन्य उद्योगमा सतर्कता अपनाउन थालिएको छ । उद्योग परिसरमा रहेको बिजुलीको ट्रान्सफर्मर विष्फोट भएकाले त्यही कारण आगलागी सुरु भएको अनुमान गरिएको छ ।

बिहानैदेखि आगो निभाउन प्रहरी, स्थानीय बासिन्दा लगायत सक्रिय रहेका छन् । झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्लाका १० वटा दमकल प्रयोग भइरहेको प्रहरीले जनाएको छ । आगोले उद्योगका कच्चा पदार्थ र तयारी सामान जलेको छ । क्षतिको विवरण संकलन भइरहेको मोरङका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले बताएका छन् ।