Thursday 28th September 2023

    लिटिल टुरिजम एम्बेसडर २०२३ सम्पन्न    अब नेपाली सिनेमा विश्वको कुनाकुनामा प्रदर्शन गर्ने बाटो खुल्यो    देश दौडाहमा परदेशी -२    लोकप्रिय कलाकार /मोडल कठायतको खप्तडमा छायाँकन गरिएको भिडियो तिम्रो सबैकुरा मन पर्छ सार्वजनिक    दशैँको उपलक्ष्यमा भृकुटीमण्डपमा जुत्तामेला : ६० प्रतिशतसम्म छुट

कैलालीबाटअवैध लागूऔषध ब्राउनसुगरसहित चार पक्राउ

Friday, March 17, 2017 National Power

कैलालीबाटअवैध लागूऔषध ब्राउनसुगरसहित चार पक्राउ

४ चैत, कैलाली – बिहीबार राति नेपालतर्फ कैलालीको त्रीनगर भन्सारबाट लुकाई छिपाईल्याउँदै गरेको ब्राउन सुगर लगायतका अवैध लागूऔषधसहित ४ जनालाई सेती अञ्चल प्रहरी कार्यालय र त्रीनगर भन्सारको संयुक्त टोलीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक वीरबहादुर बुढा मगरले बिहीबार राति त्रीनगर भन्सार नाका भएर २ मोटरसाइकलमा आउँदै गरेका ४ जनालाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट ४५ थान टयाब्लेट नाईट्रोभेट, १४ ग्राम ब्राउन सुगर, ८ थान टयाब्लेट स्पास्मोप्रोक्सोभन र डाइलेक्स डिसी सीसी ४ थान बरामद गरेको जानकारी दिएका छन्।

डिएसपी बुढामगरले पक्राउ पर्नेहरुमा डडेल्धुरा अमरगडी नगरपालिका-४ बस्ने ३० बर्षीय सरोज भट्ट र २५ बर्षीय सुरेन्द्र भट्ट,धनगढी उपमहानगरपालिका-२ बस्ने ३५ बर्षीय सन्जय न्यौपाने, र अत्तरिया नगरपालिका-२ का ३२ बर्षीय सन्तोष भट्ट रहेको र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखिएको जानकारी दिए छ ।