Monday 20th March 2023

    चलचित्र कलाकार संघको अध्यक्षमा मोहन निरौला विजयी    अखिल नेपाल ट्रेड युनियन महासंघ काभ्रेको अध्यक्षमा राजन अधिकारी निर्बिरोध निर्वाचित    कोशिपूर्व एकता समाज काभ्रेको तेस्रो साधारण सभा सम्पन्न    लिटिल प्राईड अफ नेपाल २०२३ सम्पन्न    गायकसँगै अभिनेता बनेर सचिनले ल्याए ‘मरिहत्ते’ (भिडियो सहित)

सरकार गिराएर राजनीतिक बेइमानी गरेको आरोप:बामदेव गौतम

Thursday, March 16, 2017 National Power

 

३ चैत, धनगढी – प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले पटक-पटक राजनीतिक बेइमानी गरेको नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले टिप्पणी गरेका छन् ।
कैलालीको धनगढीमा बिहीबार आयोजित मेची महाकाली अभियानका क्रममा आमसभालाई सम्बोधन गर्दै गौतमले आफैं सम्मिलित सरकार र त्यसको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक हुँदाहुँदै बिनाकारण सरकार गिराएर राजनीतिक बेइमानी गरेको आरोप लगाए । उनले भने, ‘डाँकाहरुमा त अलिकति नैतिकता हुन्छ, तर प्रचण्डमा त्यो देखिएन ।’

नाकाबन्दीको डटेर सामना गरेको केपी ओली सरकार भारतले ढालेर प्रचण्डलाई प्रधानमन्त्री बनाएको उनले बताए । एमालेको मेची-महाकाली राष्ट्रिय अभियानलाई देशी बिदेशी शक्ति मिलेर समाप्त पार्न खोजेकाले गरेकोले यो अभियानको आयोजना गरेको गौतमले बताए ।

सरकारी कामकाजमा नेपाली भाषा परिवर्तन गरी हिन्दीलाई राष्ट्रिय भाषा कायम गर्ने योजनासहितको संविधान संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन नदिने गौतमले प्रष्ट पारे । हिन्दीलाई सरकारी कामकाजको भाषा बनाइए तराईमा बोलिने भोजपुरी, मैथली, अवधी लगायतका भाषाहरु लोप हुने खतरा पनि नेता गौतमले औल्याए ।