Friday 18th July 2025

    तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै    होटल स्मार्ट एण्ड स्मार्ट क्याफे सञ्चालमा    अभिनेत्रीबाट कोरियोग्राफर हुँदै कास्टिङ निर्देशकतर्फ पवित्राको यात्रा !    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान

दरबार रोधी घर दोस्रो वर्षमा, ८ स्रष्टालाई सम्मान

Thursday, March 16, 2017 National Power

३ चैत, काठमाण्डौ – राजधानीको जमलमा रहेको दरबार रोधी घरले पहिलो वर्ष पूरा गरी दोस्रो वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ८ स्रष्टालाई सम्मान गरेको छ । नेपाली कांग्रेसका नेता एवं सभासद जगदीश नरसिंह केसीको प्रमुख आतिथ्यतामा लोकदोहोरीको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका ८ जना स्रष्टालाई रोधीघरले सम्मान गरेको हो ।

दरबार रोधी घर स्रष्टा सम्मान २०७३ बाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष गायक अमर विरही गुरुङ, गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझी, गायक बमबहादुर कार्की, गायक घमेश दुलाल, गायिका बीमा कुमारी दूरा, गायिका गीता देवी, गायक दुर्गा रायमाझी, प्रतिष्ठानका निवर्तमान अध्यक्ष एवं गायक चन्द्र शर्मालाई रोधीघरले सम्मान गर्दै उनीहरुको योगदानको चर्चा गरिएको थियो । ८ स्रष्टालाई लोकदोहोरीको क्षेत्रमा अनवरत खटेर योगदान पु¥याएको हुँदा सम्मान गरिएको बताइएको छ ।


रोधीघरका संचालक शिव गौतमको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिसहित सम्पन्न भएको थियो । सगरमाथा टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त कार्यक्रममा सम्मानित अतिथिहरुले प्रस्तुति दिएका थिए । रोधीघरले स्रष्टाहरुको सिर्जना प्रयोग गरेवापत रात्रीकालिन व्यवसायबाट रोयल्टी समेत दिने निर्णय गरेको छ । कलाकारहरुको सिर्जनाबाट व्यवसाय गरिएको हुँदा त्यसको रोयल्टी दिने घोषणा समेत गरेका थिए । पारिवारिक वातावरणमा संचालन हुँदै आएको यस रोधीघरका संचालकमा अशोक गिरी, सुनिल थापा, शिव गौतम रहेका छन् । जमलस्थित मायालु कम्प्लेक्समा रहेको यस रोधीघरमा गायक सुमन परियारको नेतृत्वमा गायक रञ्जित परियार, गायक चिज गुरुङ लगायतको सांस्कृतिक टोलीले मनोरञ्जन प्रदान गर्दै आइरहेका छन् । बेलुकाको रोधीका अलावा दिउँसमो विभिन्न विमोचन, सभा, गोष्ठीसहित रुफटप रेस्टुरेन्टको पनि व्यवस्था गरिएको छ ।