Friday 29th March 2024

    पाँचौँ नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राजधानीमा सुरु    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’

आगलागीमा ८ वर्षीय बालक घाइते

Thursday, March 16, 2017 National Power

३ चैत , सिरहा – आगलागीमा परि सिरहाको मिर्चैया नगरपालिका १० का एक ८ वर्षीय बालक घाइते भएका छन् ।आगलागीमा भुटाईको फुसले छाएको घर, लत्ताकपडासहित करिबडेढलाख रुपैयाँ बराबरको सामान जलेर नस्ट भएको छ ।

मिर्चैया नगरपालिका १० का भुटाई सदाय मुसहरको घरमा बुधबार राति आगलागी हुँदा उनका ८ वर्षीय नाति निरजकुमार सदाय मुसहर जलेर घाइते भएका छन् । घाइते बालकलाई मिर्चैयास्थित मेडिकेयर सेन्टरमा उपचार गराई रहेको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहायतमाआगो नियन्त्रणमा आएको थियो ।