Sunday 9th November 2025

    ‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार–२०८२’ तथा अञ्जना गुरुङ एकल सांस्कृतिक कार्यक्रम सम्पन्न    रमिताको पिरती’मा आनाको जोडी धिरज कि समीर रु माघ २३ गतेबाट रिलिज हुने    गायिका अञ्जनालाई ‘स्वरमाधुरी’ सम्मान    नौ वटा पार्टीहरूबीच आज एकता घोषणा हुने    कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

आइजीपी नियुक्तिसम्बन्धी मुद्दाको अन्तिम सुनुवाई आज

Thursday, March 16, 2017 National Power

३ चैत, काठमाडौ – आज सर्वोच्च अदालतमा सुनुवाइ हुने नेपाल प्रहरीको प्रमुख महानिरीक्षक (आईपीपी) नियुक्ति सम्बन्धी मुद्दामा  हुने भएको छ ।
फागुनमा १ मा मन्त्रीपरिषदको बैठकले  डीआईजी जयबहादुर चन्दलाई आईजीपी नियुक्त गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा रिट परेको थियो ।
मन्त्रिपरिषदको निर्णयविरुद्ध अर्का डीआईजी नवराज सिलवाल र अधिवक्ता कपिलदेव ढकालले  रिट दायर गरेपछि आइजीपीबारे अन्यौल हुदै आएको छ । सर्वोच्चले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि निमित्त प्रहरी महानिरीक्षकका रुपमा एआईजी डा.दिनेशचन्द्र पोखरेल कार्यरत छन् ।

पोखरेललाई निमित्त दिएको एक महिनाको म्याद समेत चैत १ मै सकिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश द्वय ईश्वरीप्रसाद खतिवडा र तेजबहादुर केसीको संयुक्त इजलासमा आईजीपी नियुक्ति सम्बन्धी मुद्दा परेको छ । आइजीपी बारेको मुद्दालाई संयुक्त इजलासको दोस्रो स्थानमा दैनिक पेशी सूचिमा राखिदै आएको छ ।