Tuesday 15th July 2025

    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.

Wednesday, March 15, 2017 National Power

२ चैत, काठमाण्डौँ – स्थानीय तहको निर्वाचनमा आगामी वैशाख ३१ गते हुने मतदाताले मतपत्रमा सात ठाउँ छाप लगाउनु पर्ने भएको छ। निर्वाचन आयोगले सात लहरको मतपत्र तयार गर्दैछ। मतपत्रको देब्रेतर्फ रहेको सबैभन्दा पहिलो लहरमा अध्यक्षका लागि छाप लगाउनुपर्ने छ भने दोस्रो लहरमा उपाध्यक्षका लागि छाप लगाउनुपर्ने छ।

तेस्रो लहरमा वडाध्यक्षका लागि छाप लगाउनुपर्नेछ। चौथो लहरमा भने दुईवटा छाप लगाउनुपर्ने हुन्छ। यहाँ खुला दुई जना वडा सदस्यका लागि भोट हाल्ने हो। मतपत्रको दायाँपट्टी रहेको अन्तिम लहरमा पनि दुई वटा छाप लगाउन पाइन्छ। यहाँ वडा महिला सदस्य र दलित महिला सदस्यका लागि भोट हाल्नुपर्छ। निर्वाचनको मतपत्र करिब तीन फिट लामोसम्म हुने भएको छ। निर्वाचनमा भाग लिने दलहरूको संख्या धेरै भएकाले मतपत्रको आकार लामो हुने भएको हो। काठमाडौंमा स्थानीय तह निर्वाचनमा भाग लिन सबैभन्दा धेरै ४७ दलले निवेदन दिएका छन्। तराईका अधिकांश जिल्लामा ३० भन्दा धेरै दलले दर्ता गराएका छन् । चुनाव चिन्हको संख्या जति धेरै भयो, मतपत्र त्यति नै लामो हुन्छ। काठमाडौंमा दर्ता भएका ४७ दलको मात्रै चुनाव चिन्ह राख्दा पनि मतपत्र करिब तीन फिट लामो हुन्छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले मतपत्रको डिजाइन अन्तिम रूप दिने काम भइरहेको बताए।