Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

माध्यमिक शिक्षा परीक्षा एसइइमा झण्डै ११ हजार परीक्षार्थीहरु सहभागी हुने

Wednesday, March 15, 2017 National Power

२ फागुन,सिरहा –  सिरहा जिल्लाबाट झण्डै ११ हजार परीक्षार्थीहरु चैत ३ गतेदेखि देशभर एकैपटक शुरु हुने माध्यमिक शिक्षा परीक्षा एसइइमा सहभागी हुने भएका छन् । शिक्षा कार्यालय सिरहाका रामअशिष यादवले परीक्षाका लागि उत्तरपुस्तिका, प्रश्नपत्र र आवश्यक कागजातहरु ३८ वटै परीक्षा केन्द्रमा पठाई सकिएको जानकारी दिए । यो वर्ष सिरहाबाट कुल १० हजार ९ सय ७१ परीक्षार्थी सहभागी हुने यादवले बताए ।
परीक्षामा जिल्लाका एकसय २८ सामुदायीक र ५४ संस्थागत विद्यालयका गरी नियमिततर्फ ९ हजार २७, एक्जाम्टेड तर्फ ६ सय ८ र आंशिकतर्फ एकहजार तीन सय ३६ गरी १० हजार नौ सय ७१ जना सामेल हुँदैछन् । सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी लहानस्थित पशुपति आदर्श मा.वि.बाट एक सय ४५ छात्रासहित दुई सय ७८, एक्जाम्टेड २५ र आंशिक ६६ गरी तीन सय ६९ जना विद्यार्थीहरु परीक्षा दिंदैछन् ।

सिरहामा परीक्षाका लागि यो वर्ष ३८ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जिल्लामा तोकिएका परीक्षा केन्दमध्ये संस्थागत र माध्यमिक तहको प्रधानाध्यापक नभएका १५ वटा परीक्षा केन्द्रमा शिक्षकहरुको पेशागत संगठनको दवावमा राजनीतिक भागबण्डा मिलाएर केन्द्राध्यक्ष नियुक्त गरिएको बताइएकोछ । गतवर्ष सिरहाबाट एसएलसी परीक्षामा १३ हजार दुईसय ३४ जना विद्यार्थी सहभागी थिए ।