Sunday 2nd April 2023

    तेस्रो हिमालयन अन्तर्राष्ट्रिय अवार्डका उत्कृष्ट पाँच सार्वजनिक    नेपाल माल्टा च्यारिटी अर्गनाईजेसन र कोस्टा क्लिन फाउन्डेसनद्वारा प्याराडाइज बेमा सरसफाइ    ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो' :वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकाल    सहकारीहरु नीति विधीमा चल्नुपर्छ : अध्यक्ष दिलिप शर्मा    नेपाल तरुण दल बनेपा नगर सभापति बैजु र माइला कान्छा मानवीय सहयोग समुहले गर्यो खाद्यान्न सहयोग

नौ हजार प्रहरी सरुवा गर्ने गृहकार्य

Wednesday, March 15, 2017 National Power

  २ चैत्र, काठमाडौं – गृह मन्त्रालयले ९ हजार भन्दा बढी प्रहरी अधिकारीको सरुवा र काज सरुवाका लागि निर्वाचन आयोगसँग सहमति मागेको खबर  छ ।

सरुवा मागिएकाहरुमा प्रहरी वरिष्ठ उपरीक्षकदेखि प्रहरी जवानसम्म छन् । निमित्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले हस्ताक्षरको सरुवा र काज सरुवा सहमति मागपत्र गृहमार्फत आयोग पुगिसकेको छ ।

प्रहरी प्रधान कार्यालयले केही अघि मात्र गरेको प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकको सरुवा भएका जिल्लाका प्रहरी अधिकारी हटाएर नयाँ पठाउने सहमति समेत मागेको सूची प्राप्त भएको खबर छ ।